३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सीमा डुब्यो


  • Himalayan Bank Limited (HBL)
३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सीमा डुब्यो

पोखरा — सर्वसाधारणले आफ्नो पेसा व्यवसाय र सन्तानको शिक्षादीक्षाका लागि जम्मा गरेको बचत जीबी राई समूहले एकमुष्ट रूपमा निजी कम्पनीमा सारेर हिनामिना गरेको विषयमा थप विवरणहरू प्राप्त भएका छन् । कान्तिपुरले अहिलेसम्म प्राप्त गरेका कागजातअनुसार पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेका छन् ।

अहिले टेलिभिजन बन्द छ, अध्यक्ष जीबी राई फरार छन् भने १५ प्रतिशत लगानीसहित प्रबन्ध निर्देशक बनेका रवि लामिछानेले सर्वसाधारणको बचतप्रति आफू उत्तरदायी नहुने दाबी गर्दै आएका छन् ।

Read More