विराटनगर — पछिल्लो समय जोगवनी र आसपासका नाकाबाट अबैध हुण्डीको कारोबार बढ्दो छ । प्रहरीले दिनहुँजसो भारतको जोगवनीबाट विराटनगर भित्रिंदै आएको स्रोत नखुलेको भारु र नेरु रकम बोक्नेलाई नियन्त्रणमा लिने गरेको छ । अनुसन्धानपछि उनीहरु व्यवसायिक हुण्डी कारोबारीका भरिया मात्र भएको खुल्ने गरेको प्रहरी बताउँछ ।
यो कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी, व्यवसायीले भरिया मार्फत् हुण्डीको रकम ल्याउने र पुर्याउने गरेको प्रहरीको अनुमान छ ।


