अप्पर त्रिशुली-२, चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया रद्द, ६ नयाँ योजना पिपिएको प्रक्रियामा


  • Himalayan Bank Limited (HBL)
अप्पर त्रिशुली-२, चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया रद्द, ६ नयाँ योजना पिपिएको प्रक्रियामा

१०२ मेगावाटको अप्पर त्रिशुली-२, ८५ मेगावाट चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया नेपाल विद्युत प्राधिकरणले रद्द गरिदिएको छ ।

रन अफ द रिभर प्रणाली अन्तर्गत बन्न लागेका उक्त योजनाहरुले आवश्यक कागजात पुर्याउन नसकेपछि प्राधिकरणले प्रक्रिया रद्द गरिदिएको छ । ती योजनाहरुको कुल क्षमता २१५.२३ मेगावाट रहेको थियो । गत असोज १६ गते सम्झौताको रोलक्रममा रहेर पनि आवश्यक कागजात संकलन नगरेका तथा निवेदन नदिएका आयोजनालाई सम्पर्कमा आउन ३५ दिने सूचना दिइएको थियो । ३५ दिने अवधिमा पनि निवेदन नदिएका तथा निवेदन दिएर पनि रितपूर्वक कागजात र दस्तावेज संलग्न नभएका योजनासँग पिपिए अघि नबढाउने प्राधिकरणले निर्णय गरेको हो ।

Read More