काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू. ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू. ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू. ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए ।
चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू. १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।



