२० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि पहिले सेयर जारी गर्नेछ । योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीको सेयरमा मूल्य रेञ्ज न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म तोकिएको छ ।



