नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकालमा सम्पादन गरिएका मुख्य कामहरुको सूची सार्वजनिक गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन आज शुक्रबार उनले सम्पदान गरिएका मुख्य काम र कार्ययोजनामा पेश भई हुन नसकेका कामको सूची सार्वजनिक गरेका हुन् ।
अध्यक्ष हमालले प्रतिस्पर्धा एवं सुशासन मार्फत लगानीकर्ताहरुलाई धितोपत्र बजारसम्बन्धी गुणस्तरीय सेवा सहज र सुलभरुपमा उपलब्ध हुने वातावरण बनाउने, समयसीमा (Time Bound) तोकी Meritocracy का आधारमा कार्य गर्ने, लगानीकर्ताका सुझाव एवं आईपरेका समस्या समाधान गर्ने, बजार नियमन र सुपरिवेक्षणलाई सुदृढ गराउने गरी सुधार कार्य आफ्नो कार्यकालमा भएको उल्लेख गरेका छन् ।


