शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, सिमेन्टले प्रिमियम थपेर सेयर बिक्री गर्ने


  • Himalayan Bank Limited (HBL)
शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, सिमेन्टले प्रिमियम थपेर सेयर बिक्री गर्ने

काठमाडौं : शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर जारी गर्न अनुमति मागेको हो । यसले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 

त्यस्तै, अन्नपूर्ण केबलकारले १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले कुल ३१ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यी २ कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर बिक्री खुला गर्नेछन् । 

Read More