अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै पुनः भारतको सर्वाधिक धनी व्यक्ति बनेका छन् ।
उनका कम्पनीहरुको शेयर बढेका कारण गौतम अडानीले विश्वभरका धनाढ्य सूचीकाे शीर्ष १२ मा आफ्नो स्थान बनाएका छन् भने अम्बानी एक स्थान तल झर्दै १३ औं स्थानमा छन् ।
गौतम अडानीको कुल सम्पत्ति यस वर्ष १३ अर्ब डलरले बढेर ९७.६ अर्ब डलर पुगेको छ। यसैगरी, मुकेश अम्बानीको कुल सम्पत्ति यस वर्ष ६६ करोड ५० लाख डलरले बढेर ९७ अर्ब डलर पुगेको छ।
एलन मस्क विश्वकै धनाढ्य व्यापारी
इलेक्ट्रिक गाडी कम्पनी टेस्लाका सीईओ एलन मस्क २०० बिलियन डलरको नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यापारी हुन्। उनीपछि अमेजनका संस्थापक जेफ बेजोस छन् जसको कुल सम्पत्ति १६९ बिलियन डलर छ र तेस्रो स्थानमा एलभीएमएचका बर्नार्ड अर्नाल्ट छन्। उनको कुल सम्पत्ति १६८ बिलियन डलर छ।
सर्वोच्च अदालतको निर्णयका कारण नेटवर्थ बढ्याे
अडानी–हिंडनबर्ग मुद्दामा सर्वोच्च अदालतको फैसलाका कारण समूहका सबै १० शेयर बढेकाले अडानीको नेटवर्थ बढेको छ । गत वर्ष जनवरी २४ मा अमेरिकी सर्ट सेलर कम्पनी हिंडनबर्गले गौतम अडानीमाथि शेयरकाे हेरफेर र मनी लान्ड्रिङको आरोप लगाएपछि कम्पनीको शेयरमा ठूलो गिरावट आएको थियो ।
यी आरोपहरू पछि, अडानीको कुल सम्पत्ति करिब ६० प्रतिशतले घटेर ६९ बिलियनमा घट्यो।
६ सदस्यीय समिति र सेबीकाे छानबिन
यसअघि, सर्वोच्चले घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । यसका साथै बजार नियामक सेबीलाई पनि छानबिन गर्न भनिएको थियो । सर्वोच्च अदालतले जनवरी ३ मा गरेकाे आफ्नो फैसलामा ४ ठूला कुरा उल्लेख गरेकाे थियाे, जुन एक हिसाबले अडानीका लागि क्लिन चिट हो ।
- सेबीले २२ मुद्दामा छानबिन गरेकाे थियाे, २ मुद्दाहरूमा ३ महिना भित्र अनुसन्धान पूरा गरेकाे थियाे।
- सेबीको नियामक ढाँचामा हस्तक्षेप गर्ने यस अदालतको शक्ति सीमित छ।
- ओसीसीपीआरकाे रिपोर्टलाई सेबीको अनुसन्धानमा शंकाको रूपमा हेर्न सकिँदैन।
- सेबीबाट एसआईटीलाई अनुसन्धान हस्तान्तरण गर्ने कुनै आधार छैन।



