वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस वर्ष धानको उत्पादन ५० प्रतिशत घट्ने हचुवा दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उनले धान उत्पादन ५० प्रतिशत घट्ने देखिएको र खाद्य मौज्दातमा नेपाल सहज अवस्थामा नरहेको बताएका हुन्।
नेपालको इतिहासमै कुनै पनि वर्ष धान उत्पादन यति धेरै प्रतिशतले कम भएको छैन। सबभन्दा कम उत्पादन भएको २०७८ सालमा, ८.७४ प्रतिशत हो। धान भित्र्याउने बेलामा आएको बाढी र धानमा लागेको रोगका कारण त्यो वर्ष कम भएको थियो। गत वर्ष त झन्डै ७ प्रतिशत बढी नै उत्पादन भएको थियो।



