धितोपत्र बोर्डले दियो २ हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री गर्ने अनुमति


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डले दियो २ हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री गर्ने अनुमति

काठमाडौं :   अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । अरुणले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । 

हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।

Read More