१९ पुस, काठमाडौं । समयमै वित्तीय विवरण नबुझाएपछि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत मंसिर १२ मा ८८ पब्लिक कम्पनीलाई जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण सोध्यो ।
वित्तीय विवरण ढिलो बुझाउने कम्पनीलाई ५० हजार र नबुझाएकालाई १ लाख रुपैयाँका दरले जरिवाना गर्न सेबोनले स्पष्टीकरण सोधेको थियो ।
सेबोनले पहिलोपटक समयमै वित्तीय विवरण नबुझाउने यति धेरै कम्पनीलाई स्पष्टीकरण सोधे पनि जरिवाना असुली गरिसकेको छैन ।



