प्रिमियम रकमले बोनस दिन नपाएपछि नयाँ जीवन बीमा कम्पनीको शेयर मूल्यमा गिरावट


  • Himalayan Bank Limited (HBL)
प्रिमियम रकमले बोनस दिन नपाएपछि नयाँ जीवन बीमा कम्पनीको शेयर मूल्यमा गिरावट

प्रिमियममा आईपीओ निष्काशन गरेका जीवन बीमा कम्पनीलाई प्रिमियम बापतकाे रकम खर्च नगरी छुट्टै रिजर्भमा राख्न निर्देशन दिएपछि शेयर बजारमा नकारात्मक असर परेको छ । बिहीबार अन्तिम १० मिनेटमा मात्रै बजार घटेर नकारात्मक भए पनि जीवन बीमा समूह भने शुरुदेखि नै घटेर कारोबार भएकाे थियाे ।

सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई प्रिमियम शुल्कमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने निणर्य फिर्ता गर्न निर्देशन दिएको थियो । पछिल्लो समय आईएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा शेयर निष्काशन गरेर दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।

Read More