काठमाडौं : नेपाल र भारतबीच चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो।आठ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका सहमतिहरू कार्यान्वयनको अवस्थाबारे पनि बैठकमा समीक्षा गरेको बताइएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले परराष्ट्रमन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको बताए।करिब एक घण्टासम्म चलेको बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो।दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।प्रवक्ता राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।



