वाणिज्य बैंकहरूकै आधारदर अनुसार लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोकिने भएको छ।
गत भदौमा सार्वजनिक भएको लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान प्रतिवेदनले लघुवित्त कम्पनीहरूको ब्याजदर निर्धारणको विकल्पको रूपमा यस्तो प्रस्ताव अघि सारेको थियो।
सबै लघुवित्त कम्पनीहरूले आफ्नो आधारदर गणना गर्न सक्ने अवस्था नरहेपछि यो विकल्पमा जान लागिएको हो। हालसम्म यही विकल्पमा जाने तयारी भइरहेको राष्ट्र बैंकले बताएको छ।



