भारतमा पनि बैंकहरुलाई लाभांश वितरणमा कडाई हुँदै, यस्ता बैंकले मात्र वितरण गर्न पाउँछन् लाभांश


  • Himalayan Bank Limited (HBL)
भारतमा पनि बैंकहरुलाई लाभांश वितरणमा कडाई हुँदै, यस्ता बैंकले मात्र वितरण गर्न पाउँछन् लाभांश

काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले बैंकहरुका लागि २ दशक पुरानो लाभांश वितरण सम्बन्धी नियमहरुमा परिमार्जनको प्रस्ताव गरेको छ । भारतीय बैंकहरुको खराब कर्जा विगत केही वर्षकै न्यून विन्दुमा झरेको अवस्थामा बैंकहरुलाई थप स्वस्थ बनाउन नियम परिमार्जन गर्न लागेको रोयटर्सले उल्लेख गरेको छ ।

प्रस्तावित परिमार्जनले लाभांश वितरणमा कडाई गर्ने भएता पनि अन्ततः उत्कृष्ट प्रदर्शन गर्ने बैंकहरुलाई भने सेयरधनीहरुलाई राम्रो लाभांश दिने अवसर प्रदान गर्दछ । प्रस्ताव अन्तर्गत, लाभांश भुक्तानी गर्न चाहने बैंकहरुले विगत तीन वर्षको अवधिमा प्रत्येक वर्ष पुँजी पर्याप्तता पूरा गरेको हुनुपर्दछ । यो व्यवस्था भने हालको व्यवस्थासँग समान रहेको छ ।

Read More