सामान्य अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार


  • Himalayan Bank Limited (HBL)
सामान्य अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८. ७१ अंकले घटेको छ । बिहीबार एकल अंकले घटेको नेप्से परिसूचक २ हजार ४९.२८ अंकमा सिमित भएको हो । दिनभर ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

११३ वटा कम्पनीको मूल्य बढ्यो भने १२८ वटा कम्पनीको मूल्य घट्यो । ५ वटा कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश उपसमूह घट्दा हाइड्रोपावर र व्यापार उपसमुहमा लगानीकर्ताको आकर्षण रह्यो । लगानी र म्युचअल फण्ड उपसमूहमा सामन्य बृद्धि भएको छ । व्यापार उपसमूह ६६.९५ र हाइड्रोपावर ४४.३३ अंकले बढ्यो । लगानी र म्युचअल फण्ड उपसमूह सामान्य अंकले बढ्यो । जिवन बिमा १३७ र निर्जिवन बिमा १०४.८८ अंकले घट्यो ।

Read More