चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको पहिलो ३ महिनामा लघु बीमा व्यवसाय गर्ने ४ कम्पनीले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ लगानी गरेका हुन् ।
यो अवधिमा यी ४ कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेप, विकास बैंकहरुको मुद्दती निक्षेप र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दतीमा लगानी गरेका छन् । यो अवधिमा ४ कम्पनीले वाणिज्य बैंकहरुको मुलद्दतीमा १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी विकास बैंकहरुको मुद्दती निक्षेपमा १५ लाख रुपैयाँ लगानी भएको छ भने फाइनान्स कम्पनीहरुको मुद्दतीमा निक्षेपमा १० लाख रुपैयाँ लगानी भएको छ ।


