लाभांश र सेयर बाईव्याक


  • Himalayan Bank Limited (HBL)
लाभांश र सेयर बाईव्याक

केही वर्ष अगाडिसम्म ५० प्रतिशत लाभांश पाउने वाणिज्य बैंकहरूका लगानीकर्ता अहिले १० प्रतिशतमा खुम्चनु परेको छ । अझ केही बैंकले त लाभांश वितरण नै नगर्ने भए । कम्पनीहरूले हरेक वर्ष सेयरको संख्या थपेको थप्यै गर्दा लाभांश वितरण घट्दै गएको हो । हकप्रद र बोनस सेयरको संख्या बढाउँदा लाभांश वितरणको क्षमता झन घट्दै जान्छ भन्ने प्रष्ट नै थियो । तै पनि बैंकहरू पुँजी बढाउन बोनस सेयर वितरण गर्ने ध्यानमा अझै तल्लीन छन् ।

बिजनेश र रिटर्न बढाउने भन्दा हरेक वर्ष पुँजी बढाउनमा नै वाणिज्य बैंक व्यस्त भए । नियामक निकायले पनि पुँजी बढाउने नीति नै जारी राख्यो । पुँजीमात्रै बढाउने नीतिले वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण घटेको छ । हरेक वर्ष पाउने लाभांश पनि घट्दै जाने अवस्थाले वाणिज्य बैंकहरूको सेयर मूल्य अतिसस्तो बनाएको छ । नयाँ कम्पनीको सेयर एक सय रुपैयाँमा खरिद गर्न तयार हुने लगानीकर्ता त्यही मूल्यमा स्थापित वाणिज्य बैंकहरूको सेयर खरिद गर्न चाहन्नन् । योभन्दा लाजमर्दो अवस्था अरु के होला वाणिज्य बैंकहरूका लागि ।

Read More