सम्भव छ एक दशकमा २८,७१३ मेगावाट बिजुली उत्पादन ?


  • Himalayan Bank Limited (HBL)
सम्भव छ एक दशकमा २८,७१३ मेगावाट बिजुली उत्पादन ?

काठमाडौं : मुलुकमा विद्युत् उत्पादन सुरु भएको १ सय १२ वर्ष पुग्यो। यसबीचमा भएको जम्मा उत्पादन हो– ‘२ हजार ८ सय मेगावाट।’ तर, सरकार भन्छ– ‘अबको एक दशकमै २८ हजार मेगावट बढी विद्युत् उत्पादन हुन्छ।’

यो सरकारी लक्ष्य भेटाउन २६ हजार बढी मेगावाट विद्युत् उत्पादन हुनुपर्छ। तर कसरी ? ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंह भन्छन्– ‘सरकारी लक्ष्य भेटाउन असम्भव छैन।’ निजी क्षेत्र भने सरकारी लक्ष्य भेटाउन ‘ऊर्जा संकटकाल लगाउनुपर्ने’ मा जोड दिइरहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, (इप्पान) का अध्यक्ष गणेश कार्की भन्छन्– ‘नीतिगत सुधार गर्दै लगानीको वातावरण बनाउन सके सन् २०३५ भित्र २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ।’ 

Read More