काठमाडौं। धितोपत्रको प्राथमिक बजार यतिबेला शून्य अवस्थामा छ । प्राथमिक बजार पुस १६ गतेपछि शून्य बनेको हो । निरन्तर सार्वजनिक निष्कासन भइरहने प्राथमिक बजारमा पछिल्लो समय नियामक निकायले स्वीकृति प्रक्रिया लामो समय रोक्दा शून्य बन्न पुगेको हो ।
पुस १६ गतेसम्म सार्वजनिक निष्कासनमा घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर थियो । घलेम्दी हाइड्रोले मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्कासन गरेको हो । नियामक निकायले सार्वजनिक निष्कासन प्रक्रियालाई निरन्तरता दिँदा दोस्रो बजारमा आपूर्ति बढ्न गई नकारात्मक असर परेको टिप्पणी लगानीकर्ताबाट भएसँगै २ महीना स्वीकृति प्रक्रिया रोकिएको हो ।



