१८ पुस, काठमाडौं । अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयर बजार बुधबार भने २७.९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।
सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे ।



