टेस्लालाई उछिन्दै चीनको बीवाइडी बन्यो विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता


  • Himalayan Bank Limited (HBL)
टेस्लालाई उछिन्दै चीनको बीवाइडी बन्यो विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता

काठमाडौं : विश्वका सर्वाधिक धनी इलन मस्कको कम्पनी ‘टेस्ला’ लाई पछि पार्दै चिनियाँ कम्पनी ‘बीवाइडी’ विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता बनेको छ । सन् २०२३ को चौथो त्रैमासमा चिनियाँ प्रतिद्वन्द्वी भन्दा कम सवारी साधन डेलिभरी गरेपछि टेस्ला पहिलो पटक विश्वको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निर्माताको रुपमा शीर्ष स्थानबाट बाहिरिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकी कम्पनी टेस्लाले सन् २०२३ को चौथो त्रैमासमा ४ लाख ८४ हजार विद्युतीय कार बिक्री गरेको छ । जुन विश्लेषकहरुले अनुमान गरेको ४ लाख ७३ हजार भन्दा बढी भएपनि सोही अवधिमा चिनियाँ कम्पनी बीवाइडीले ५ लाख २६ हजार कार बिक्री गरेपछि टेस्लाले शीर्षक कायम राख्न नसकेको हो ।

Read More