बुक बिल्डिङ अभ्यास सफल हुँदै


  • Himalayan Bank Limited (HBL)
बुक बिल्डिङ अभ्यास सफल हुँदै

काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा पुस २५ देखि आवेदन दिन पाइने भएको छ। बुक बिल्डिङमार्फत जारी भएको आईपीओमा हालका लागि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने भएका हुन्।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा जानेका लागि २ लाख ६७ हजार छुट्ट्याएको छ। आईपीओमा प्रतिकित्ता २ सय ६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ता सेयर माग गर्नुपर्नेछ। यसअघि योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनका आधारमा उनीहरूका लागि कट अफ मूल्य ४ सय १ रुपैयाँ कायम भएको थियो। सो मूल्यको १० प्रतिशत कम मूल्यमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन्।

Read More