समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुलाई मागदावी पेश गर्न भनेको छ ।
कार्यालयले उक्त सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको हो ।
कौशलटार, भक्तपुरमा केन्द्रीय कार्यालय रहेका यस सहकारीले बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकी समस्यामा परेको सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको थियो ।



