एक साता विदा बसेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आज पुस १८ गतेदेखि नियमित काममा फर्किएका छन्। उनी 'फोर्स लिभ' अन्तर्गत पुस ११ गतेदेखि पुस १७ गतेसम्म विदामा बसेर आज पुस १८ गतेबाट काममा फर्किएका हुन् ।
उनको कार्यकाल यहि पुस २० गते शुक्रबार सकिने छ । उनी अब कार्यकालको अन्तिम ३ दिन अर्थात् आज पुस १८ देखि पुस २० गतेसम्म नै कार्यालय जाने छन् ।
बोर्ड अध्यक्षको अनुपस्थितिमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले नियमित काम काजको लागि बोर्डको नेतृत्व गरेका थिए । बोर्ड अध्यक्षको अनुपस्थितिमा दैनिक कामको सिमित अधिकार बोर्ड भित्रकै कुनै कार्यकारी निर्देशकलाई दिने अभ्यास रहदै आएको छ।


