पाँच महिनामा १७२ उद्योग दर्ता, १२ हजारले रोजगारी पाउने


  • Himalayan Bank Limited (HBL)
पाँच महिनामा १७२ उद्योग दर्ता, १२ हजारले रोजगारी पाउने

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा १७२ वटा उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा उक्त संख्यामा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका हुन् ।

उद्योग विभागका अनुसार दर्ता भएका उद्योगहरुमध्ये २१ वटा ठूला उद्योग रहेका छन् छन् १४ वटा उद्योग मझौला रहेका छन् । यस्तै, साना उद्योग १३७ वटा रहेका छन् । 

दर्ता भएका उद्योगहरुको प्रस्तावित लगानी लागि ९४.९३ अर्ब रुपैयाँ रहेको छ । साथै यी उद्योगहरुमा १२ हजार ७६७ जनाले रोजगारी पाउने भएका छन् । 

Read More