अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता हुने


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।

सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले जानकारी दिए । लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज अर्थ मन्त्रालयमा बस्दैछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ ।

Read More