नेपाल र भारतबीच भोलि १० हजार मेगावाट विद्यूत व्यापार सम्झौता हुने


  • Himalayan Bank Limited (HBL)
नेपाल र भारतबीच भोलि १० हजार मेगावाट विद्यूत व्यापार सम्झौता हुने

नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ।

उच्च स्रोतका अनुसार भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच भोलि सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

भोलि प्रसारण लाइन र ऊर्जा सम्झौताको तयारी स्वरूप नेपाल भारतका ऊर्जा मन्त्रालयका सह–सचिव स्तरीय बैठक आज काठमाडौँमा हुँदैछ। सबै सम्झौता ‘प्याकेज’मा हुने भएको बताइएको छ। बैठकमा इनर्जि बैंक बनाउनबारे सहमतिको प्रयास पनि गरिने छ। सहसचिव स्तरमा सहमति भयो भने यो एजेन्डालाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ।

Read More