नेपाल र अमेरिका बिच व्यवसायिक वातावरण सुदृढ बनाउनका लागि सहकार्य गर्न अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच समझदारी भएको छ ।
नेपालमा अमेरिकाको लगानी अभिवृद्धि तथा सहकार्य गर्न एमच्याम र परिसंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरू बीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरुलाई लगानी सम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।



