जीवन बीमा लेखको किस्ता नियमित रूपमा तिर्न नसकेकाहरूले हालसम्म बुझाएको रकमबाट कम्तीमा ७५ प्रतिशत फिर्ता दिने व्यवस्था गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
हाल बीमा गरेको तीन वर्षसम्म नियमित किस्ता नबुझाउनेले रकम फिर्ता माग्दा समेत पाउँदैनन्।
गत पुस १२ गते बसेको समिति बैठकले तीन महिनाभित्र बीमा कम्पनीहरूलाई यस्तो रकम बीमा गर्नेहरूको बैंक खातामा फिर्ता गर्ने व्यवस्था गर्न बीमा प्राधिकरणलाई निर्देशन दिएको हो।



