१४ किलो सुन प्रकरण: एक अर्ब ४० करोड बिगोसहित अदालतमा मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
१४ किलो सुन प्रकरण: एक अर्ब ४० करोड बिगोसहित अदालतमा मुद्दा दायर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्‍ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए।

गत मंसिर २१ गते भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। उनले ज्याकेटभित्र लुकाएर ल्याएका थिए। यसको अनुसन्धानपछि भन्सार कार्यालयले सोमबार १० जनाविरूद्ध मुद्दा दायर गरेको हो। 

Read More