६ दिनमा नेप्से ११२ अंकले घट्यो, बजार ह्रास हुनुको खास कारण के हो ?


  • Himalayan Bank Limited (HBL)
६ दिनमा नेप्से ११२ अंकले घट्यो, बजार ह्रास हुनुको खास कारण के हो ?

काठमाडौं : सेयर बजारमा गिरावट आउनेक्रम मंगलबार पनि जारी छ । सूचकसँगै कारोबार रकम पनि तल झरेको छ । यस दिन नेप्से सूचक ३०.०५ विन्दुले घटेर २०३०.१० अंकमा आएको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा सर्किट लेबलमा बढेका छन् । यस्तै, हिमालयन हाइड्रोपावरमा भने नकारात्मक सर्किट लागेको छ । 

मंगलबारसहित बजार लगातार ६ कार्य दिन घटिसकेको छ । यसबीचमा नेप्से सूचक करिब ११२ (१११.७६ विन्दुको गिरावट) अंकले घटेको छ । यसअघि बढेको बजारबाट नाफा बुक गर्नेहरुले पुनः खरिदक्रम तीब्र नपार्नु अनि पुस मसान्तको विस्तारै चाप पर्दै गएकाले बजार सुधार हुन नसकेको अनुमान गरिएको छ । 

Read More