दाबी भुक्तानीमा बीमितलाई हदैसम्मको दुःख दिने युनाइटेड अजोडसहित ३ बीमा कम्पनी कारवाहीमा, उधारो बीमाको धन्दा छताछुल्ल !

  • Himalayan Bank Limited (HBL)
दाबी भुक्तानीमा बीमितलाई हदैसम्मको दुःख दिने युनाइटेड अजोडसहित ३ बीमा कम्पनी कारवाहीमा, उधारो बीमाको धन्दा छताछुल्ल !

काठमाडौं । बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई प्राधिकरणले कारवाही गरेको हो ।

यी बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको र दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएपछि प्राधिकरणले दुई लाख नगद जरिवाना गराएको हो । प्राधिकरणको पुष ६ गते बसेको संचालक समितिको बैठकले तीन बीमा कम्पनीहरुलाई नगद जरिवाना गराउने निर्णय गरेको थियो ।

Read More