विलासिता कर वापत उठ्ने राजस्व हरेक महिना बढ्दै, मसिंरमा उठ्यो २ करोड


  • Himalayan Bank Limited (HBL)
विलासिता कर वापत उठ्ने राजस्व हरेक महिना बढ्दै, मसिंरमा उठ्यो २ करोड

विलासिता कर वापत उठ्ने राजस्व बढ्दो क्रममा रहेको पाइएको छ । सरकारले २०८० साउन महिना देखि विलासिताको कर उठाउन थालेको हो । मङ्सिरसम्म आइपुग्दा यस्तो कर हरेक महिना बढी रहेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ । 

विभागले चालु आर्थिक वर्षको मसिंर महिनासम्म विभिन्न क्षेत्रबाट ६ करोड ६१ लाख विलासिता कर संकलन गरेको जनाएको छ । जसअनुसार मसिंरमा मात्र २ करोड ४ लाख रुपैयाँ संकलन गरेको विभागको तथ्यांकले देखाउछ । यस्तै भदौमा १ करोड २३ लाख, असोजमा १ करोड ६२ लाख र कार्तिक महिनामा १ करोड ७५ लाख रुपैयाँ विलासिता कर संकलन भएको छ । विभागका अनुसार हरेक महिनाको कर त्यस महिना सकिएपछि संकलन हुन्छ । 

Read More