काठमाडौँ । हाइब्रिड तथा उन्नत जातका धानले नेपालका रैथाने धान विस्थापित गर्दै गइरहेका छन् । यसरी विस्थापित भएका रैथाने धानमध्येको एक हो ‘अनदी’ । चाडपर्वमा विशेष प्रयोग हुने अनदी धान पछिल्लो समय बजारमा पाउनै छाडेको छ ।
हाइब्रिड र उन्नत जातको धानबालीको तुलनामा कम उत्पादन दिने भएकाले किसानले अनदी धान लगाउन छोडेको विज्ञहरु बताउँछन् । तर बजारमा यसको माग भने उच्च छ । त्यसैले यसको संरक्षणमा सरकारी स्तरबाट पहल भइरहेको छ ।



