जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !


  • Himalayan Bank Limited (HBL)
जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो।

नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको भवनमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो।

२०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता नगरी उक्त सहकारी करिब १६ महिनादेखि बन्द भएको छ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ जनाले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रूपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जनाए।

Read More