अर्थतन्त्रका चुनौती


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रका चुनौती

अहिले देशको राजनीति र अर्थतन्त्र खस्किँदै गएका छन् । मूलतः राजनीतिले सबै नीतिलाई निर्देश गरेको हुन्छ । तर, अहिले राजनीतिले स्थिरता लिन नसकिरहेको अवस्था छ । अन्य नीतिहरू पनि कमजोर भएका छन् र परिणामतः प्रभावकारी बन्न सकिरहेका छैनन् । विभिन्न दलको संयुक्त सरकार भएकाले स्वार्थ बाझिने गरेको हुँदा राष्ट्रिय मुद्दाहरू ओझेलमा परेका छन् । कसरी सत्तामा पुग्ने र टिकिरहनेमा सरकारको ध्यान केन्द्रित भएकाले मूलभूत विषयतर्फ सरकारको ध्यान जान नसकेको अहिलेको अवस्था हो ।

कमजोर धरातलमा निर्माण भएको सरकारले आफ्ना नीति तर्जुमा गर्न र तिनीहरूको कार्यान्वयन गर्न पनि कठिन नै हुन्छ । पाँच वर्षसम्म यही सरकार हुन्छ भनिए पनि विश्वास गर्न सकिने अवस्था भने देखिँदैन । सत्ताभित्रैबाट पनि विभिन्न विचार आइरहेका छन् । टालटुले र पटके नीति निर्माणले तत्कालको गर्जो टार्न सके पनि दीर्घकालीन भने हुन सक्दैन । धर्मराउँदै गएको सरकारको लामो आयु नहुने भएकाले कुनै पनि समयमा दुर्घटना हुन सक्ने सम्भावना पनि रहेकै हुन्छ ।

Read More