रोहिणी गाउँपालिकामा बालिका बीमा कार्यक्रम शुरु


  • Himalayan Bank Limited (HBL)
रोहिणी गाउँपालिकामा बालिका बीमा कार्यक्रम शुरु

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताएक हुन् । 

बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए । उनले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताए । यो कार्यक्रमबाट भु्रण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास गरिएको उनले बताए । 

Read More