पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी सरकारको तयारी


  • Himalayan Bank Limited (HBL)
पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी सरकारको तयारी

विराटनगर : कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट नेपाल आउने पर्यटकको संख्या बढाउन भारतीय मिडियामा प्रसारप्रसार सामग्री उपलब्ध गराउने तयारी गरेको छ । सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रदेश सरकार, पर्यटन व्यावसायी र सरोकारवालाहरूबीच भएको नीति तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि यस्तो उपाय गरेको मुख्यमन्त्री केदार कार्कीले सुनाए । 

भारतको बिहार, बंगालका मिडियाहरूमा कोसी प्रदेशको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्न बजेट दिइने उनको भनाइ थियो । प्रदेशका मिडियालाई प्रदेशको पर्यटन प्रवर्द्धनका लागि बजेट उपलब्ध गराइने गरेको बताउँदै उनले अब भारतका मिडियामा पनि केही रकम खर्चिने तयारीमा आफूहरू रहेको बताए । 

Read More