काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ३ अर्ब १० करोड रुपैयाँ माग गरेको छ । कृषि बीमा अनुदान भुक्तानीका लागि कृषिले यो बजेट मागेको हो ।
गत वर्षको कृषि बीमा अनुदान शुल्क भुक्तानी गर्न बाँकी भएकाले कम्पनीहरुलाई अनुदान रकम भुक्तानी गर्न रकम माग गरिएको कृषि मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले जानकारी दिइन् । कृषि बीमाको बीमाशुल्क अनुदान भुक्तानी समयमा नहुँदा कम्पनीले कृषि बीमा गर्न नमान्ने समस्या देखिएको उनको भनाइ छ । कृषितर्फ अनुदान रकमका लागि ३५ करोड २८ लाख र पशुपन्छीतर्फ २ अर्ब ७५ करोड माग गरिएको छ ।


