जलविद्युत् क्षेत्रमा तेस्रो नियामकको उदय


  • Himalayan Bank Limited (HBL)
जलविद्युत् क्षेत्रमा तेस्रो नियामकको उदय

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा विद्युत् प्रवद्र्धक कम्पनी सूचीकरण हुने संख्या बढ्दो छ। आजको दिनमा देशलाई उज्यालो बनाउनमा यस्तै निजी विद्युत् कम्पनीको सबैभन्दा बढी योगदान छ। तर, पनि यस्ता कम्पनीप्रति सरकार, सेयरबजारको शीर्ष नियामक नेपाल धितोपत्र बोर्ड र सेयर कारोबारीको दृष्टि सकारात्मक छैन।

बोर्डले विद्युत्बाहेक अन्य क्षेत्रका सुनिश्चित बजार बिक्रीदर नभएका कम्पनी सूचीकरणमा आउन लागे भने ‘बाजा’ बजाएर स्वागत गर्छ। उसका लागि मापदण्ड पनि खुकुलो पारिदिन्छ। सुनिश्चित बजार र बिक्रीदर भएको विद्युत् कम्पनीका लागि भने सकेसम्म आउनै नसक्ने बनाउन मात्र बाँकी छ।नेपालको सेयरबजारमा सेयरबजारसँग असम्बद्ध निकाय हावी छन् भन्दा फरक पर्दैन। नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र विद्युत् नियमन आयोग (विनिआ)ले आफ्ना मातहतका कम्पनीले कुनै पनि वित्तीय उपकरण (आईपीओ, हकप्रद) जारी गर्नुअघि यी निकायको पूर्वसहमति लिनुपर्छ। अझ आयोगले त सहमति लिन आउनेसँग शुल्कसमेत असुल गर्छ। सेयर जारी गर्ने विषयमा धितोपत्रसम्बन्धी कानुन सर्वेसर्वा हुनुपर्नेमा व्यवसाय नियामक आफैं धितोपत्रसम्बन्धी कानुन बनाएर लागू गर्दैछन्। यसैक्रममा विद्युत् क्षेत्रमा बोर्ड र आयोगबाहेक अहिले अर्को एउटा निकाय तेस्रो नियामक बन्न अग्रसर भएको छ।

Read More