सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले गरेको सर्वेक्षणले तीन वर्षको तुलना गर्दा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा उद्योगहरूको समग्र मागमा ३६.९३ प्रतिशतले संकुचन आएको देखाएको छ।
सिएनआईले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार अर्थतन्त्र अझै मन्दीमा रहेको देखाउँछ। आव २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ।


