अफगानिस्तानको ‘अफगानी’ बन्यो सन् २०२३ मा विश्वको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा, लेबनान र अर्जेन्टिनाको सबैभन्दा कमजोर


  • Himalayan Bank Limited (HBL)
अफगानिस्तानको ‘अफगानी’ बन्यो सन् २०२३ मा विश्वको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा, लेबनान र अर्जेन्टिनाको सबैभन्दा कमजोर

काठमाडौं : अफगानिस्तानको राष्ट्रिय मुद्रा ‘अफगान अफगानी’ सन् २०२३ मा विश्वको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । ब्लुमबर्गको तथ्यांक अनुसार युद्ध र गरिबीले ग्रस्त र विश्वमा सबैभन्दा खराब मानव अधिकार रेकर्ड भएको देशमध्ये एक अफगानिस्तानको मुद्राले डलरको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको हो ।

सन् २०२३ मा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको अफगानी २६.४% ले बलियो बनेको ब्लुमबर्गले उल्लेख गरेको छ । मानवीय सहायताबाट प्राप्त अरबौं डलर र एसियाली छिमेकी देशहरुसँगको बढ्दो व्यापारले अफगानिस्तानको मुद्रालाई विश्वव्यापी सूचीको शीर्ष स्थानमा पुर्‍याएको हो । दुई वर्षअघि सत्ता कब्जा गरेको सत्तारुढ तालिबानले राष्ट्रिय मुद्रा ‘अफगानी’ लाई बलियो राख्न विभिन्न उपाय अपनाएको छ ।

Read More