राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता, ब्याजदर बढ्यो


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता, ब्याजदर बढ्यो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब बढी तरलता खिचेपछि बैंकिङ्ग प्रणालीको अधिक तरलता ६ अर्बमा झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार पुस १३ गतेसम्ममा बैंकिङ्ग प्रणालीमा ५ अर्ब ९६ करोड रुपैयाँ अधिक तरलता रहेको छ। यो सिआरआर बाहेकको अधिक तरलता हो।

केहि समय अघि १ खर्ब माथि पुगेको अधिक तरलता राष्ट्र बैंकले निरन्तर खिच्दा अहिले ६ अर्ब रुपैयाँमा झरेको हो।

पुस १२ गतेसम्ममा बैंकिङ्ग प्रणालीको अधिक तरलता १ अर्ब ५८ करोड रुपैयाँमा झरेको थियो। शुक्रबार तरलता ४ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो।

राष्ट्र बैंकले अहिले १ खर्ब ४ अर्ब रुपैयाँ तरलता बैंकहरुबाट खिचेर राखेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुबाट तरलता खिचेको हो।

Read More