आदर्श सहकारीमा १ करोड १५ लाख घोटालाको नालीबेली


  • Himalayan Bank Limited (HBL)
आदर्श सहकारीमा १ करोड १५ लाख घोटालाको नालीबेली

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नवआदर्श सहकारी संस्थाका व्यवस्थापक ३० वर्षीय उमेशकुमार मण्डलले चार वर्षमा सहकारीको एक करोडभन्दा बढी रकम  अपचलन गरेको खुलेको छ ।

कटहरी गाउँपालिकाले गठन गरेको विज्ञ टोलीले गरेको छानबिन प्रतिवेदन र अदालतमा दायर भएको अभियोग पत्र अनुसार मण्डलले २०७५ भदौ १९ देखि २०७९ असार १२ सम्म चार वर्षमा १ करोड १५ लाख ८७ हजार ४५४ रुपैयाँ अपचलन गरेको खुलेको हो ।

Read More