अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो


  • Himalayan Bank Limited (HBL)
अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौं : अंग्रेजी वर्षलाई सेयर बजारले घटेर स्वागत गरेको छ। आइतबार सार्वजनिक बिदा रहेर सोमबार खुलेको बजारमा नेप्से परिसूचक ८.७५ अंकले घटेको हो। 

यसदिन नेप्से ०.४२ प्रतिशतले घटेर २०६०.१५ अंकमा कायम भयो। यस्तै सेन्सिटिभ इन्डेक्स ०.३७अंकले घटेर ३८५.०७ अंकमा कायम भएको छ।

कारोबार सुरु भएको केही समय बढे पनि नेप्से अन्ततः रातो बन्यो। सो क्रममा १ सय ५९ कम्पनीको सेयर मूल्य घट्दा ७७ वटाको भने बढेका छन्। यसैगरी १० कम्पनीको भाउ यथावत रहे।

Read More