काठमाडौं । इण्डियन आयल कर्पोरसन (आईओसी)बाट पेट्रोलको मूल्य बढेर आउँदापनि नेपाल आयल निगमले यसपटक मूल्य नबढाउने भएको छ । आइतबार आईओसीबाट आएको नयाँ मूल्य सूची सार्वजनिक गर्दै निगमले यसपटक पेट्रोल, डिजेल र ग्यासको मूल्य परिवर्तन नगर्ने जनाएको हो ।
निगमलाई आईओसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा ४१ पैसाले बढेको छ भने डिजेलमा १२ पैसा घटेको छ । खाना पकाउने ग्यास(एलपी) मा पनि २० पैसाले मूल्य घटेर आएको छ ।



