सन् २०२३ : विश्व सेयर बजारका लागि २०१९ यताकै सफल वर्ष सावित, सूचक २२ प्रतिशतले बढ्यो


  • Himalayan Bank Limited (HBL)
सन् २०२३ : विश्व सेयर बजारका लागि २०१९ यताकै सफल वर्ष सावित, सूचक २२ प्रतिशतले बढ्यो

काठमाडौं : विश्व सेयर बजारका लागि सन् २०२३ सफल वर्ष सावित भएको छ । विश्वभरको सेयर बजार मापन गर्ने ‘एमएससीआई वर्ल्ड इन्डेक्स’ को प्रदर्शन सन् २०१९ यताकै सबैभन्दा उत्कृष्ट सावित भएको हो । विश्वका ठूला केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने क्रम रोकेको र आगामी वर्ष ब्याजदर कटौती गर्नेमा लगानीकर्ताहरु आशावादी भएपछि विश्व सेयर बजारमा अन्तिम २ महिना ठूलो र्याली देखिएको थियो ।

‘एमएससीआई वर्ल्ड इन्डेक्स’ गत अक्टोबर महिनायता मात्रै १६% ले बढेको छ भने सन् २०२३ मा समग्रमा २२% ले बढेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । जुन विगत ४ वर्षयताकै उच्च हो । विशेषगरी, वाल स्ट्रीटको बेन्चमार्क सूचकांक ‘एस एन्ड पी ५००’ को प्रदर्शनले विश्व सेयर बजारलाई गति गदिएको देखिन्छ । 

Read More