एक युवकले केही वर्षदेखि नारायणगढमा कपडा पसल चलाइरहेका थिए। व्यापार–व्यवसाय राम्रै थियो। दिनभरिको आम्दानी साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्थे। सहकारीका कर्मचारी दिनहुँ वचत लिन आउँथे।
सानै उमेरमा सफल व्यवसायी बन्दै गएका युवक छिट्टै घर बनाउने तयारी गर्दै थिए।
एक दिन उनका एक आफन्तले साहारा सहकारीले मुद्दती खातामा दिने व्याजको विषयमा कुरा सुनाए। ती आफन्त त्यही सहकारीमा काम गर्थे। मुद्दती खातामा व्याज बढी पाउने लोभमा उनी परिहाले।
बैंकमा राखेको ८६ लाख रूपैयाँ निकालेर उनले साहारा सहकारीको मुद्दती खातामा जम्मा गरे।



