नेपालगन्ज, पुस १६ गते । नेपालगन्जमा भारतीय नागरिकलाई लक्षित गरेर सञ्चालनमा रहेका करिब एक दर्जन क्यासिनोमा नेपालमा प्रतिबन्धित भारु नोट चल्ने गरेको गुनासो आएपछि प्रहरीले सो बारेमा खोजतलाश सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जमा रहेका क्यासिनोहरुमा पाँच सय र दुई सयका भारतीय नोट लिने गरेको बारेमा छड्के जाँच सुरु गरेको वडा प्रहरी कार्यालयले जनाएको छ ।



